बैशाखमा ब्याजदर नबढाउने बैकर्स संघको भद्र सहमति



काठमाडौं । नेपाल बैकर्स संघले बैशाख महिनामा ब्याजदर नबढाउने सहमति गरेको छ ।

संघको आइतबार बसेको बैठकले बैशाख महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो ।

संघले फागुन महिनामा ब्याजदर बढाएर मुद्दति निक्षेपको ११.०३ प्रतिशत ब्याजदर पुर्याएको थियो । ब्याजदर बढाएपनि निक्षेप नबढेको हुँदा अहिलेको ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको संघका एक सदस्यले बताए ।


क्लिकमान्डु