सिटिजन्स बैंकका ग्राहकलाई पार्क सफारी रिसोर्टमा १०% छुट




काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवन जिल्लाको सौराहा स्थित पार्क सफारी रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका कार्डबाहक ग्राहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिहशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

बैंकले देशैभरी फैलिएका १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई सेवा दिएको जनाएको छ ।


क्लिकमान्डु