नेप्से परिसूचक ४६ अंकले घट्यो, २ अर्ब ६७ करोडको कारोबार



काठमाडौं । अर्थतन्त्रमा देखिएको संकट छलफल सुरु भएको मनोवैज्ञानिक प्रभाव सेयर बजारमा परेको छ ।

मंगलबार नेप्से परिसूचक ४६.४६ अंकले घटेको छ । १८३ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार सेयर मूल्य बढ्ने कम्पनीमा राष्ट्र उत्थान,नेस्ठो लघुवित्त सेयर मूल्य बढेको छ । सेयर मूल्य घट्नेमा इमर्जिङ नेपाल,नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

लगानीकर्ताहरु अर्थतन्त्र निकै खराब अवस्थामा गएको मनोवैज्ञानिक प्रभावमा परेको कारण मंगलबारको कारोबारमा दवाव देखिएको छ ।


क्लिकमान्डु