प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो



काठमाडौं । प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ ।

चैत १६ देखि २१ गतेसम्म निष्कासन गरेको ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ मा माग अुनसार आवेदन नपरेपछि समय थपिएको बैंकले जनाएको छ ।

बैंकले चैत १६ देखि २ अर्ब २५ करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमा १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन पाउनेछन् । बाँकी रहेको १५ लाख कित्ता अन्य संघसंस्थालाई बैंक आफैले बिक्री गर्नेछ । १० वर्षका लागि निष्काशन गरेको ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर रहेको छ ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ । ऋणपत्रमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।


क्लिकमान्डु