लक्ष्मी बैंकको साधारण सभामा मर्जरको एजेण्डा



काठमाडौं । गत महिनामा नेपाली सेयर बजारमा एभरेष्ट बैंक र लक्ष्मी बैंकको मर्जरको हल्ला व्यापक चल्यो । एभरेष्ट बैंकले विशेष साधारणसभा बोलाएपछि केही दिन एभरेष्टको सेयर मुल्य घट्यो र लक्ष्मीको बढ्यो ।

एभरेष्ट बैंकको मर्जरको हल्ला पछिल्लो दशकमा व्यापक नै हुन्छ । कुनैबेला किष्टसँग मर्जरमा जाने कुनैबेला कुमारीसँग जाने हल्ला चले । तर,वास्तविकतामा भने मर्जर भएन ।

एभरेष्ट बैंकले बोलाएको विशेष साधारणसभामा अध्यक्ष बिके श्रेष्ठले प्रतिकित्ता साढे चार सय हाराहारी भएको बैंकलाई मर्जर गर्ने तयारी भएको बताए । तर,कानून अनुसार कुन बैंक तथा वित्तीय संस्थासँग मर्जर हुन लागेको भन्ने भन्न नमिल्ने र एभरेष्टको मर्जर हल्ला सधै चल्ने जानकारी सेयरधनीलाई श्रेष्ठले दिएका थिए ।

एभरेष्टसँग मर्जरमा जाने हल्ला चलेको लक्ष्मी बैंकको नियमित साधारणसभा असार १३ मा बस्ने भएको छ ।

बैंकले प्रोफेशनल दियो विकास बैंकलाई एक्वाएर गरेपछि जारी गरेको सतप्रतिशत हकप्रद सेयर तथा हकप्रदको लिलामीबाट कामय हुने सेयर समेतलाई समायोजन गरेपछि चुक्ता पुँजीको १८.२९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

यस्तै लक्ष्मी बैंकमा संस्थापकको स्वामित्व ५१ प्रतिशत बनाउने प्रस्तावपनि साधारणसभामा लग्न लागेको छ ।

नियमनकारी निकायको स्वीकृति लिएर लक्ष्मी बैंकले बीमा कम्पनी,पुर्नबीमा कम्पनी,भेन्चर क्यापिटल र हेज फण्ड,क्रेडिट रेटिङ धितोपत्र दलाल,फिन्टेक सम्बन्धी सेवा थप गर्नको लागि साधारणसभामा प्रस्ताव लग्ने छ ।

एक्विजेशन तथा हकप्रदको लिलामीबाट आएको रकमबाट १८.२९ प्रतिशत बोनस सेयर वितरण गरेको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको नाफाबाट वितरण गर्ने बोनस सेयरको आधारमा चुक्ता पुँजी ८ अर्ब नजिक पुग्छ ।

८ अर्ब नजिक पुगेपनि लक्ष्मी बैंकले साधारणसभामा कुनैपनि बैंक तथा वित्तीय संस्थालाई मर्जर गर्न तथा एक्वाएर गर्नको लागि साधारणसभाबाट संचालक समितिमा अधिकार लिन प्रस्ताव गरेको छ ।साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना संचालकपनि चयन गर्ने छ ।


क्लिकमान्डु