‘डिजी पे’ले ल्यायो नौलो फ्रेन्चाइज योजना, आम्दानीको अवसर



काठमाडौं । भुक्तानी सेवा प्रदायक ‘डिजी पे’ले फ्रेन्चाइजमार्फत् स्थानीय बिजनेस पार्टनरसिप’ योजना ल्याएको छ ।

विद्युतीय भुक्तानीलाई अझ बढी विस्तार र प्रभावकारी बनाउने यो योजना ल्याएको डिजी पेले जनाएको छ ।

कम्पनीले नेपालमा चलिरहेका फ्रेन्चाइजमध्ये यो पहिलो र एकमात्र डिजिटल मोडलमा आधारित नौलो फ्रेन्चाइज प्लेटफर्म रहेको बताइएको छ । डिजि पे एप, फ्रेन्चाज लिनेले कम्पनीबाट उपलब्ध पूर्णव्यापारिक योजना लागू गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्ने जनाएको छ ।

कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउन सकिने जनाएको छ ।

भौगोलिक आधारलाई ध्यानमा राखी सीमित संख्यामा मात्र वितरण गरिने डिजी पे फ्रेन्चाइजमा आवद्ध हुन वा सहकार्य गर्न इच्छुक व्यवसायीलाई कार्य दक्षता पूर्णहासिल गर्नु नपर्ने र न्यूनतम लगानीमा बिनझन्झट ख्यातिप्राप्त तथा आधिकारिक ब्रान्डसँग सहकार्य गर्दै शीघ्र व्यवसाय सञ्चालन गरी अकल्पनीय मुनाफा तथा अवसर प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

हालसम्म १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेको डिजी पे एपमा ३ सयभन्दा धेरै व्यवसायी आवद्ध भएको कम्पनीले जनाएको छ । प्रभावकारी बजारीकरण योजना, न्यून जोखिममा उच्च मुनाफा प्राप्त गर्न सकिने यस डिजी पे फ्रेन्चाइज योजनाबाट मुलुकभर ठूलो परीणाममा रोजगारीसमेत सृजना हुने कम्पनीको अपेक्षा छ ।

स्न २०१७ मा स्थापित डिजी पे एक मौलिक व्यापारिक एप हो र यसबाट युटिलिटी पेमेन्टबाहेक ई–कमसै, इभेन्ट तथा ट्राभल टिकट खरिद–बिक्री, डिजिटल भोटिङका साथै पहिलो पटक नगदमा नगदमा समेत कारोबार गरी ग्राहकले तथा व्यवसायीले हरेक खर्च तथा व्यापारमा आम्दानी गर्ने सक्नेछन् ।


क्लिकमान्डु