सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशका विद्यालय र अस्पताललाई १५ लाख सहयोग



काठमाडौं । सिटिजन्स बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा ९ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ । बैंकले जाजरकोट जिल्लाको श्री हरिशिव प्राथमिक विद्यालय, श्री कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय, मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय, श्री आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल र नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिरलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

यस्तै जुम्ला जिल्लाको श्री जनता माध्यमिक विद्यालयलाई १ लाख, हुम्ला जिल्लाको श्री लालिगुँराश मावि, श्री कोट मावि, श्री हिमज्योती माविलाई ३३ हवार ३३३ रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी, कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई ५० हजार रुपैयाँको दरले हस्तान्तरण गरेको छ । बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव रहेको छ ।


क्लिकमान्डु