वार्षिकोत्सवको अवसरमा एक महिनाका लागि नयाँ अफर ल्याउँदै सिटिजन्स बैंक



काठमाडौं । सिटिजन्स बैंकले १५औं वार्षिकोत्सवको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई केन्द्रित गर्दै बैंकले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाका लागि भारी छुटको अफर ल्याएको हो ।

योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाइनमार्फत् १ हजार रुपैयाँ वा सोभन्दा बढीको कारोबारमा एकमुष्ठ २ सय रुपैयाँ क्यासब्याक पाइनेछ ।

यसैगरी पहिलो पटक क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकले १ सय रुपैयाँको क्यासब्याक पाउने छन् । डिजिटल भुक्तानीको अर्को माध्ययम ई कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभर ईकम कार्ड लिन चाहनु ग्राहकलाई कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ ।

साथै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताले निःशुल्क डेविट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्राप्त गर्न सक्नेछन् । साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सक्नेछन् ।

बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने उद्देश्यले यसअघि नै किओस्क सेवाको शुरुवात गरिसकेको छ । जसमार्फत् प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरण प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्छन् ।


क्लिकमान्डु