सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार १८ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार १ लाख रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएकोमा मंगलबार ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु