सम्पूर्ण अपडेट

रुपन्देही-२ मा पराजित विष्णु पौडेलको चुनावी खर्च २८ लाख ७ हजार

35
Shares

काठमाडौं । रुपन्देही-२ का एमाले उम्मेदवार विष्णु पौडेलले चुनावी खर्चको विवरण बुझाएका छन् ।

पौडेलले निर्वाचन आयोगमा पेस गरेको विवरण अनुसार फागुन २१ को चुनावमा उनले २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च गरेका थिए ।

उक्त क्षेत्रमा पौडेल रास्वपा उम्मेदवार सुलभ खरेलसँग ठूलो मतान्तरले पराजित भएका थिए । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत पाएका थिए ।