भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

903
Shares

भक्तपुर । भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधान रहेका छन्।

घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरमा दुर्घटना भएको थियो।