महालक्ष्मी विकास बैंकको नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले नन्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत दरवारमार्ग शाखाले काठमाडौंको नन्दी माध्यमिक विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागी ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासकालागी खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको कुरा दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए ।

सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख अमित कुमार झाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउदै यस सहयोगले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । बैंकको १०३ शाखा अहिले सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु