कर्जा लगानी घट्यो, निक्षेप बढ्यो



काठमाडौं । वाणिज्य बैंकमा निक्षेप संकलन नभएपछि कर्जा लगानीमा कडाइ भएको छ । बैंकका निक्षेप नथपिएपछि कर्जा लगानीकर्तालाई बैंकहरुले कडाइ गरेका छन् ।

फागुन चौथो सातासम्म आइपुग्दा बैंकिङ प्रणालीमा निक्षेप बढ्दा कर्जा प्रवाह घटेको छ । फागुन पहिलो साता १ अर्ब, दोस्रो सता १ अर्ब, तेस्रो साता ११ अर्बले बढेको निक्षेप चौथो साता आइपुग्दा २ अर्ब रुपैयाँ निक्षेप प्रणालीमा थपिएको छ ।

फागुन पहिलो साता ४ अर्ब, दोस्रो साता ६ अर्ब तेस्रो साता ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा चौथो साता आइपुग्दा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ ।

बैंकर्स संघका अुनसार एक साताको अवधिमा प्रणालीमा निक्षेप २ अर्ब रुपैयाँ बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग भने एक साताको अवधिमा १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ ।

एक साताको अवधिमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह घटेको छ । अघिल्लो सातासम्म बैंकमा निक्षेप संकलन न्यून छ थियो भने कर्जाको माग निकै बढेको थियो । फागुन चौथो साता आइपुग्दा कर्जाको माग घटेको छ । केही समय यता बैंक ब्याजदर बढेपनि त्यसको प्रभाव प्रणालीमा न्यून देखिएको छ ।


क्लिकमान्डु