रौतहट र दोलखामा महालक्ष्मी लाइफको बीमा सचेतना कार्यक्रम



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले रौतहट र दोलखामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम अन्तर्गत सो ठाउँमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीकाअनुसार रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक र विद्यार्थीको उपस्थिति थियो ।

कलेजका प्राधानाध्यापक ब्रम्हनारायण राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीकान क्षेत्रीय प्रमुख दिगाम्बर प्रसादले बीमा सम्वन्धी प्रशिक्षण दिएका थिए ।

दोलखाको चरिकोटमा सम्पन्न कार्यक्रममा ४० जनाको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका एजेन्सी प्रमुख सिताराम धिमाल र वाग्मति प्रमुख रामप्रसाद भुसालले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

बीमा समितिले जीवन बीमा कम्पनीलाई जिल्ला तोकेर बीमा सचेतना कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ ।

महालक्ष्मी लाइफलाई समितिले दोलखा, रौतहट, गुल्मी र ललितपुर तोकिदिएको छ ।

सोही अन्तर्गत रौतहट र दोलखामा उक्त कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु