सेयरधनी, कर्मचारी, नियमनकारी निकायको रोजाइमा सेञ्चुरी बैंक: अध्यक्ष श्रेष्ठ



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ११ वर्ष अघि ‘सरल बैंकिङ्ग सबैंका लागि’ भन्ने नाराका साथ स्थापित बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा ठूलो र मजबुद बैंक बनेको बताए । उनले आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने बताए ।

११ वर्ष अघि स्थापित बैंकको चुक्ता पूँजी २ अर्बबाट बढेर ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको छ । ४४ जना कर्मचारी सुुरु गरेको बैंकमा अहिले ११ सय सयभन्दा बढी कर्मचारी रहेका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार बैंकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई सेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने बताए । उनले आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए ।

कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि एक लाख सहयोग प्रदान गरेको बताए ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु