महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो विज्ञान प्रयोगशालाका सामाग्री



काठमाडौं । महालक्ष्मी विकास बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जामा रहेको अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका सामाग्री प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जानकारी गराएको छ । सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बताए ।

कार्यक्रममा विज्ञान प्रयोगशालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरिएको छ । बैंकले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु आफ्ना १०३ शाखाहरु मार्फत गर्दै आइरहेको जनाएको छ ।

बैंकले ग्राहकलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५ प्रतिशत रहेको यो खातामा न्युनतम मौज्दात ५१ रुपैयाँमा खोल्न सकिने छ । यसमा रु ५लाख सम्मको दुर्घटना बीमा, निशुल्क मोवाइल वैकिङ्ग, निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।


क्लिकमान्डु