तेल किन्ने पैसा नभएपछि निगमले मूल्य स्थिरीकरण कोषबाट झिक्यो सवा ४ अर्ब



काठमाडौं । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलार्ई तिर्ने पैसा अपुग भएपछि मूल्य स्थिरिकरण कोषबाट सवा ४ अर्ब रुपैयाँ झिकेको छ ।

मार्च ८ तारिख मंगलबार इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने पहिलो किस्ता वापतको रकम अपुग भएपछि ४ अर्ब २५ करोड रुपैयाँ झिकेको हो । यसअघि पनि गत माघ ७ गते निगमले कोषबाट १ अर्ब ८० करोड रुपैयाँ झिकेको थियो ।

हाल निगमलाई १५ दिनमा २ अर्ब ५० करोड रुपैयाँ घाटा छ ।


क्लिकमान्डु