भारत पेका सह-संस्थापक ग्रोवर र उनको परिवारमाथि करोडौं रकम हिनामिना गरेको आरोप



भारतीय फिनटेक कमपनी भारत पेले कम्पनीका सह–संस्थापक अश्निर ग्रोवर र उनको परिवारविरुद्ध करोडौं रुपैयाँको हेरफेरको आरोप लगाएको छ ।

करिब २ महिनासम्म चलेको नाटक मञ्चनपछि ग्रोवरले सोमबार कम्पनी तथा बोर्डबाट राजीनामा दिएका थिए । कम्पनीले उनका विरद्ध जाँचबुझ गर्नका लागि कमिटी गठन गरेको थियो । उक्त कमिटीले रिपोर्ट पेश गरिसकेको छ । रिपोर्टमा ग्रोवर तथा उनको परिवारले फण्ड हेरफेर गरेको तथा कम्पनीका खाताबाट पैसा झिकेको आरोप लगाइएको छ ।

भारत पेले जारी गरेको बयान अनुसार ग्रोवरले कम्पनीका विरद्ध आधारहिन आरोप लगाएका छन् । ग्रोवर परिवार तथा उनका नातेदारले कम्पनीको फण्ड प्रयोग गरेका थिए । फर्जी भेन्डर्सका माध्यमबाट कम्पनीको पैसा हेरेफेर गरेका तथा आफ्नो खातामा पैसा ल्याउनका लागि कम्पनीको खाता दुरुपयोग गरेको आरोप ग्रोवर परिवारमाथि छ ।

सन् २०२२ को शुरुवातमा एउटा अडियो क्लिप सार्वजनिक भएको थियो । जसमा ग्रोवरले कोटक महिन्द्रा बैंकका एक कर्मचारीलाई अपमानजनक भाषा प्रयोग गरेको घटना बाहिरिएको थियो । जसका कारण ग्रोवर विवादमा तानिएका थिए । र, उनले कम्पनीबाट फोर्स विदा लिएका थिए ।

‘म आज मन भारी बनाएर यो इमेल लेखिरहेको छु कि मैले जुन कम्पनी बनाए सोही कम्पनीबाट मलाई बाहिर जान बाध्या पारिएको छ । आज पनि म गर्वका साथ भन्न सक्छु कि यो कम्पनी फिनकेट क्षेत्रको लिडर हो,’ ग्रोवरले कम्पनीका लागि लेखेको पत्रमा भनिएको छ ।

ग्रोवरले सन् २०२२ को शुरुवातदेखि नै आफू र आफ्नो परिवारमाथि आधारहिन आरोप लगाएको दाबी गर्दै आएका छन् ।


क्लिकमान्डु