संसद बैठक आज, नागरिक उड्डयन प्राधिकरणका २ विधेयक पेश हुँदै



काठमाडौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गर्ने कार्यक्रम छ ।

यस्तै व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो ।


क्लिकमान्डु