१५.७९ % लाभांश दिन लागेको नेको इन्स्योरेन्सको कहिले हुँदैछ बुक क्लोज ?



काठमाडौं । नेको इन्स्योरेन्सले आगामी साधारणसभाको लागि चैत १ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले चैत ९ गतेको लागि बार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा फागुन मसान्तसम्म कायम रहेका लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीले लगानीकर्तालाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु