रुसले क्रिप्टोकरेन्सीमा स्वीच गरेपछि बिटक्वाइनको मूल्य बढ्यो



काठमाडौं । विभिन्न देशहरुले रुसमाथिको आर्थिक प्रतिबन्धका कारण क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ । रुसको मुद्रा रुबेल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

विभिन्न देशहरुले रुसका बैंकहरुलाई स्वीफ्ट इन्टरनेशनल पेमेन्ट सिस्टमको पहुँचमा प्रतिबन्ध लगाएपछि रसियाले क्रिप्टोकरेन्सीमो स्वीच गरेको थियो । जसका कारण क्रिप्टोकरेन्सीको मूल्य बढेको छ ।

बिटक्वाइन ५ दिनअघिसम्म ३८ हजार डलरको आसपासमा रहेको बिटक्वाइनको मूल्य यतिबेलासम्म ४४ हजार ५०० डलरभन्दा बढी पुगेको छ ।

साथै, ५ दिनअघिसम्म २ हजार ५९४ डलर रहेको इथरको मूल्य बढेर २ हजार ९ सय पुगेको छ । साथै डजक्वाइनको मूल्य पनि १२ डलरबाट बढेर १३ डलर पुगेको छ ।


क्लिकमान्डु