भारतसँग जीटुजी मोडलमा ५ वर्षमा ९ लाख ३५ हजार मेट्रिक टन मल खरिद गरिने



काठमाडौं । नेपालमा रासायनिक मल आपूर्तीका लागि सरकार र भारतसँगबीच समझदारी भएको छ । सरकारले सोमबार भारतसँग आगामी ५ वर्षका लागि जी टु जी मोडलमा रासायनिक मल खरिदका लागि सम्झौता गरेको हो ।

सरकारका तर्फबाट कृषिसचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार भारत सरकारले ५ वर्षका लागि युरिया र डीएपी मल आइपीपी मोडलमा उपलब्ध गराउनेछ ।

जसअनुसार सन् २०२१/२२ मा १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी गरी कुल १ लाख ५० हजार मेट्रिक टन खरिद गरिने छ ।

साथै, सन् २०२४/२५ मा १ लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डीएपी गरी २ लाख १० हजार मेट्रिक टन तथा सन् २०२५/२६ मा १ लाख २० हजार मेट्रिक टन युरिया र ९० हजार मेट्रिक टन डीपीए गरी २ लाख १० हजार मेट्रिक टन मल खरिद गरिनेछ ।

समझदारीपत्रमा दुबै देशका तर्फबाट संयुक्त समिति गठन गरी रासायनिक मल खरिद प्रक्रिया छिट्टै शुरु गरिने उल्लेख छ ।


क्लिकमान्डु