पर्यटन बोर्डद्वारा इस्टर्न टुरिजम मार्टको औपचारिक घोषणा



काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रदेश नम्बर एकमा इस्टर्न टावल मार्ट आयोजना गर्ने औपचारिक घोषणा गरेको छ ।

पूर्व क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त मार्ट २०७८ चैत्र ११ देखि १३ गतेसम्म एक नम्बर प्रदेशको धरानमा आयोजना गरिने नेपाल पर्यटनका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए ।

प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राई , धरान नगरपालिकाका मेयर तिलक राई, पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापा, विराटनगर उद्योग वाणिज्य संघका प्रतिनिधी सहित कार्यकारी प्रमुख डा. रेग्मीले इक्टर्न टुरिजम मार्ट आयोजना गर्ने औपचारिक जानकारी दिएका हुन् ।

कार्यक्रममा बोर्डले यसको औपचारिक घोषणा गरेको छ । सो कार्यक्रममा डा. रेग्मीले पूर्वमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै टुरिजम मार्टको आयोजनाले यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए ।


क्लिकमान्डु