युक्रेनसँगको व्यापार घाटा ७ महिनामा साढे १४ अर्ब, के-के आयात हुन्छ ?



काठमाडौं । रुस र युक्रेनबीच तनाव बढ्दै गएको छ । रुसले युक्रेनमाथि सैन्य कारबाही शुरु गरेपछि तनाव अझ चर्किको छ ।

रुस र युक्रेनमा तनाव बढेसँगै विश्व बजारमा आर्थिक तथा व्यापारिक क्षेत्रमा प्रभाव थालेको छ । उक्त दुई देशबीच चर्किएको विवादले नेपालमा समेत असर देखिन थालेको छ । त्यस्तै, युक्रेनमा भएको हमलाले नेपालमा के असर पर्छ त भन्ने सबैको चासो छ ।

नेपालले लामो समयदेखि युक्रेनसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसैले, पनि नेपालमा युक्रेनमा भएको द्वन्द्वले वैदेशिक व्यापारमा असर पर्ने देखिन्छ ।

नेपालले वार्षिक १७ अर्ब बराबरको वस्तु आयात गर्दै आएको छ ।नेपालमा युक्रेनबाट आयात हुने खाने तेलको ठूलो हिस्सा छ ।

जसले गर्दा नेपालमा खाद्यान्न तेलको मूल्य बढ्नेदेखि अभाव हुन सक्ने धेरैले अनुमान गरिएको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार नेपालमा युक्रेनबाट चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँको वस्तु आयात भएको छ । साथै, आयातित वस्तुबाट नेपालले २ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

युक्रेनबाट नेपालले अर्बौको आयात गर्दै आएकोमा नेपालबाट भने १५ लाखको मात्रै वस्तु निर्यात गरेको छ । जुन नयन्य जस्तै हो । नेपालले ७ महिनाको अवधिमै युक्रेनसँग १४ अब ८२ करोड १८ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

युक्रेनबाट नेपालले सबैभन्दा बढी सनफ्लावरको दाना आयात गर्ने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ बराबरको ५ करोड ७३ लाख ६४ हजार केजी सन्फ्लावर दाना आयात गरेको छ ।

त्यसपश्चात नेपालले युक्रेनबाट ३ अर्ब ९५ करोड ३७ लाख रुपैयाँको ४ करोड ४५ लाख केजी तोरीको दाना आयात गरेको भने ७९ करोड ४७ लाख रुपैयाँको भटमासको कच्चा तेल र ३ करोड ७५ लाख रुपैयाँको सन्फ्लावरको कच्चा तेल आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, ७ महिनाको अवधिमा नेपालले १ करोड १९ लाखको धनिया, १ करोड १२ लाखको केराउ, ५ करोड २८ लाखको बोतल तथा बट्टाको बिर्र्काे, ८१ लाख रुपैयाँको सुनजन्य पदार्थ, २७ लाखको भेटनरी खोफगायत अन्य विभिन्न वस्तुहरू आयात गरेको छ ।


क्लिकमान्डु