गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट



काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ई–कमर्श साईट बजेट पसल डट कमसँग सामान खरिदमा ५ छुट पाउने भएका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले बजेट पसल डट कमको अनलाइनबाट ३ हजार भन्दा माथिका दैनिक उपभोग्य तथा इलेक्ट्रोनिक्स सामान खरिद गरी बैंकको मोबाइल बैकिङ तथा डेबिट कार्डबाट भुक्तानी हुँदा तत्काल ५ प्रतिशत छुट प्राप्त गर्र्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ, ईन्टरनेट बैकिङ, क्यू.आर. कोड, अनलाइन खाता खोल्ने, स्मार्ट टेलर लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु