लघुवित्त कम्पनीको औचित्य छैन खारेज गर्नुपर्छः डा. अच्युत वाग्ले



काठमाडौं । अर्थविद् डा. अच्युत वाग्लेले अर्थमन्त्री र गभर्नरमा अर्थतन्त्रबारे ज्ञान अभावका कारण अहिले समस्या उत्पन्न भएको बताएका छन् ।

बुधबार राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै वाग्लेले अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरमा अर्थतन्त्रबारे कम ज्ञान भएको र अन्य विज्ञको पनि सुझाव नदिँदा अहिले समस्या आएको बताए ।

हाल बैंकिङ प्रणालीबाट अत्यधिक मात्रामा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति १९ प्रतिशतमा सीमित गर्ने भनिएको कर्जा प्रवाह बढेर २७ प्रतिशत पुगेको छ । जसका कारण बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

तरलता अभाव भएसँगै पछिल्लो समय अन्तर बैंक ब्याजदर पनि करिब ७ प्रतिशत पुगिसकेको छ ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा. वाग्लेले बैंकहरु सिर्जनशिल नभएको समेत आरोप लगाए । उनले बैंकहरुले विदेशबाट पैसा ल्याउन नसकेको समेत बताए ।

उनले लघुवित्त कम्पनीहरुको औचित्य नभएकाले अब खारेज गर्नुपर्ने बताए ।

पछिल्लो समय रेमिट्यान्स आप्रवाह घट्नुमा विटक्वाइनमा ठूलो लगानी भएको टिप्पणी गरे ।


क्लिकमान्डु