नेष्डो समृद्ध लघुवित्तको आइपीओ निष्काशन, कहिलेसम्म कति दिने आवेदन ?



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज (बुधबार)देखि सर्वसाधारणलाई साधारण सेयर (आइपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो । जसमा १२ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि र ४१ हजार ४३७ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

उक्त आइपीओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । आइपीओ फागुन ११ देखि छिटोमा १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु