सम्पूर्ण अपडेट

डोल्पामा धनबहादुर बुढाको चौथो जित

182
Shares

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा लगातार निर्वाचित भएका छन् । बुढा चौथो पटक सांसद बनेका हुन्।

बुढाले ६ हजार ८०२ मत प्राप्त गरे । नेकपा (एमाले) का उम्मेदवार लंकबहादुर रोकायले ५ हजार ३९६ मत प्राप्त गरे ।

नेपाली कांग्रेसका उम्मेदवार तथा धनबहादुर दाइ कर्णबहादुर बुढा २ हजार ९४७ मतका साथ तेस्रो स्थानमा सीमित भए ।
लगातार चौथो पटक निर्वाचित भएर धनबहादुर बुढाले डोल्पामा रेकर्ड कायम गरेका छन् ।