
काठमाडौं । रामेछाप प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कृष्णहरि बुढाथोकीले अग्रता कायम गरेका छन् ।
बिहान ८:४० बजेसम्म सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार बुढाथोकीले १६ हजार ४२५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव ढुंगेलले १२ हजार २७८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले ११ हजार ५६७ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ९ हजार ५०४ मत ल्याएका छन् । उज्यालो नेपालका दिपकुमार योन्जनले ५ हजार ७६३ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका ढालबहादुर मगरले १ हजार १८९ मत प्राप्त गरेका छन् ।
हालसम्म कुल ६१ हजार २ सय ८९ मत गणना भइसकेको छ । यसमध्ये ३ हजार ६ सय ५० मत बदर भएको छ ।
निर्वाचन अधिकृतका अनुसार अब करिब २९ हजार मत गणना हुन बाँकी छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने देखिएको छ ।








प्रतिक्रिया