हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निःशुल्क



पोखरा । सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सञ्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् ।

जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २.१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ ।

केवलकारको टप स्टेसनबाट ५ मिनेट हिंडेपछि सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।

जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ुजिप फ्लायरुको फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वर्ल्डस स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत शुरुवात गरेको छ ।

जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वर्ल्ड रेकर्डमा बिश्वकै भिरालो जिपलाइनका रुपमा दर्ता गर्न आवेदन दिइएको र सोका लागि काम भइरहेको कम्पनीले बताएको छ ।

विश्वकै लामोमध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालिस किमि प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।


क्लिकमान्डु