छ्याङ्दीको आइपिओमा पहिलो दिन नै मागभन्दा ५ गुणा बढी आवेदन



काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा अत्यधिक आकर्षण देखिएको छ । कम्पनीले निष्काशन गरेको आइपिओमा पहिलो दिन नै माग भन्दा ५ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले ५ करोड ४० लाख मूल्यको आइपीओ निष्काशन गरेको थियो । सेयर निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पहिलो दिन नै २१ करोड ८९ लाख रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

एकै दिनमा देशभरबाट कुल ४१ वटा आवेदन परेको ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको आइपिओमा जेठ १४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम २ हजार ७ सय कित्तासम्मका लागि आवेदन दिनसक्ने निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीको चुक्तापुँजी २१ करोड ६० लाख रुपैयाँ छ । आइपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुुग्नेछ । कम्पनीले लमजुङ जिल्लामा २ मेगावाटको चण्डी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजनाका लागि आइपिओ निष्काशन गरेको हो ।


पुष्प दुलाल