एमसीसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय



काठमाडौं । माओवादी केन्द्रले जवरजस्ती एमसीसी पारित गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

बुधबार विहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधनविना एमसीसी पारित गर्न नहुने अडान कायमै राख्दै जबरजस्ती गरिए सरकार छाड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी संसदमा टेबल गर्नका लागि सहमति आवश्यक भएको बताए ।

उनले सत्तारुढ गठबन्धनको सहमति विना एमसीसी टेबुल गर्न नहुने समेत बताए ।


क्लिकमान्डु