शिखर इन्स्योरेन्सको हकप्रद पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले मात्रै शिखर इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रद सेयर पाउने भएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । त्यसको लागि भोली (शुक्रबार) बुक क्लोज गर्ने भएको छ । जसले गर्दा आज (बिहीबार)सम्म कायम रहेका लगानीकर्ताले मात्रै आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले १०ः३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सको हाल १ अर्ब ७५ करोड रुपैयाँ चुक्त पुँजी रहेको छ । हकप्रद सेयर बिक्रीपछि २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु