यस्तो छ अख्तियारमा मारुती सिमेन्टका सञ्चालक गोयलको बयान



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना सिमेन्ट उद्योगी विरुद्ध नियम विपरीत खानी उत्खनन् गरेको भन्दै गत बुधबार विशेष अदालतमा मुद्दा दायर गर्यो ।

आयोगले मुद्दा चलाउनु अगाडि खानी उद्योगका सञ्चालकसँग बयान लिएको थियो ।

अख्तियारले मारुती सिमेन्टका उद्योगका सञ्चालक सरद गोयललाई मुद्दा चलाएको छ । मारुती सिमेन्ट गुणस्तर विभागले समेत गुणस्तर कायम गर्न नसकेकोमा कारवाहीमा परेको सिमेन्ट उद्योग हो ।

अख्तियारले मारुती सिमेन्टका सञ्चालक गोयललाई २० करोड बिगो राखेर मुद्दा दर्ता गरेको छ ।

२० करोड बिगो राखेर मुद्दा दर्ता गरेका मारुती सिमेन्टका उद्योगका सञ्चालक सरद गोयलले कानून अनुसार नै खानीबाट उत्खनन् गरेको अख्तियारमा बयान दिएका छन् ।

खानी विभागले शुरुमा गोयलको उद्योगले २० करोड जरिवाना दिनुपर्ने प्रतिवेदन दिएको थियो । पछि १ लाख रुपैयाँ लिएर छाडेको थियो । अख्तियारले भने कानून विपरीत उद्योगले उत्खनन् गरेको र खानी ऐनअनुसार उद्योगीलाई जरिवाना नलगाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

‘खानी विभागको निर्देशन अनुसार उत्खनन् गर्दै आएका छौ,सो अनुसारको रोयल्टी समेत बुझाएका छौं, उक्त प्रतिवेदन र क्षतिपूर्ति रकमको बारेमा हामीलाई जानकारी छैन,’ गोयलले अख्तियारमा बयानको क्रममा भनेका छन् ।

मन्त्रालयमा भएको बैठकको बारेमा जानकारी नभएको तथा रोयल्टी तथा दस्तुर बुझाएको गोयलले बयानको क्रममा भनेका छन् ।


क्लिकमान्डु