सर्वोच्च अदालतद्वारा लोकसेवा आयोगको पक्षमा फैसला



काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगका विरुद्धमा विभिन्न रिट खारेज गरेको छ ।

सर्वोच्च अदालतले मंगलबार विभिन्न २० वटा रिटको सुनुवाई गरेको थियो ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले अनमोलमणी भट्टराईलगायतका निवेदकको रिटमा सुनुवाई गर्दै रिट निवेदन खारेज गरेको हो ।

निवेदकहरुले रिट निवेदनमा संविधान विपरीत कर्मचारी समायोजना ऐन रहेको भन्ने जिकिर गरेका थिए ।

‘संघ अन्तर्गतको दरबन्दी लुकाई निवेदकहरुलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्ने निवेदन दाबीका सन्दर्भमा हेर्दा सामानय प्रशासन मन्त्रालयले लोकसेवा आयोगको नियमावलीको नियम ३ बमोजिम विभिन्न मितिमा पठाएको मागको आकृति फारममा उल्लेखित पदसंख्यालाई निजामति सेवा नियमावलीका सन्दर्भमा अन्यथा भन्न मिल्ने नदेखिएकाले निवेदकहरुको समायोजन ऐन, २०७५को व्यवस्था विपरीत समायोजन गरिएको भन्न सकिने अवस्था नभइ निवेदन माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था देखिएन । त्यसैल प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ’ सर्वोच्चको फैसलामा भनिएको छ ।

साथै, सर्वोच्च अदालतले शिवहरि दाहाल निवेदक रहेको रिटमा समेत सुनुवाई गर्दै लोकसेवा आयोगलाई यथाशीघ्र परीक्षाफल प्रकाशित गर्नका लागि परमादेश जारी गरेको छ ।


क्लिकमान्डु