सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा मंगलबार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा मंगलबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु