सिटिजन्स बैंकको नाफा ४१% ले बढ्यो, इपीएस १७.४५



काठमाडौं । सिटिजन्स बैंकले ६ महिनामा अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार १ अर्ब २३ करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ८७ करोड ५१ लाख रुपैयाँ थियो ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब ३९ करोड कमाएको छ । ४८ करोड रुपैयाँ कमिसनबाट कमाएको छ । १४ अर्ब २० करोड चुक्ता पूँजी रहेको सिटिजन्स बैंकको पुस मसान्तसम्म निक्षेप १ खर्ब ४१ अर्ब छ भने कर्जा १ खर्ब २७ अर्ब रहेको छ ।

१३.५६ प्रतिशत पूँजीकोष अनुपात रहेको सिटिजन्स बैंकले अघिल्लो वर्षभन्दा खराब कर्जा अनुपात(एनपीएल) घटाउन सफल भएको छ । २.४२ प्रतिशत अघिल्लो वर्ष एनपीएल रहेकोमा यो वर्ष १.८७ प्रतिशत एनपीएल रहेको छ । बैंकको अघिल्लो वर्षको तुलनामा बेसरेट बढेको देखिएको छ । अघिल्लो वर्ष पुस मसान्तमा ८.२५ प्रतिशत रहेको बेसरेट ९.०८ प्रतिशत छ ।

यस्तै कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ८९.६९ प्रतिशत छ । यस्तै बैंकको कस्ट अफ फण्ड ७.०५ प्रतिशत छ । बैंकले ३.११ प्रतिशत स्प्रेडदर कायम रहेको देखिएको छ ।

बैंकले ६ महिनाको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा ७४ करोड गरेको जनाएको छ ।


क्लिकमान्डु