२ रुपैयाँ सिक्काको जान्नै पर्ने ८ विशेषता, कता के छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याएको छ । केन्दीय बैंकले पुस ३० गतेदेखि उक्त सिक्का चलन चल्तिमा ल्याएको छ ।

राष्ट्र बैंकका अनुसार साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको सिक्का नेपालको पूर्ण नक्सासहितको रहेको छ । सिक्काको अग्र भागमा वृत्ताकार घेराभित्र वरीपरी ६४ वटा थोप्लाहरु रहेका छन् । यस्तै सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रु २ र तल्लो भागमा देवनागरी लिपीमा २ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नेपालको नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने २ वटा थोप्ला रहेका छन् ।

यस्तै सिक्काको पृष्ठ भागमा सिक्काको वृत्ताकार घेराभित्र वरीपरी ६४ वटा थोप्ला रहेका छन् । ८ वटा थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टी वरीपरी चन्द्र, सूर्य, चक्र, शंख, पद्य, गदाको आकृति रहको छ ।

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनी देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ ।
सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।


क्लिकमान्डु