
काठमाडौं । सेयर बजारमा ३० अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अंकले घटेर २६२१.५९ बिन्दुमा खुम्चिएको हो ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा २४.५७ अंकको वृद्धि भएको थियो । त्यसअघिका दुई कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने नेप्सेमा कुल ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयर मूल्य बढ्दा २४७ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
मंगलबार मात्रै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । तर, बुधबार भने बजारमा उच्च अंकको गिरावट आएको हो ।






प्रतिक्रिया