दुई सातामा वाणिज्य बैंकमा ६५ अर्बले निक्षेप बढाएर ५४ अर्ब कर्जा दिए,सीडी रेसियो ९०% तल



काठमाडौं । वाणिज्य बैंकहरुले दुई सातामा ६५ अर्ब रुपैयाँ निक्षेप बढाएर ५४ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकसँग पुसको दोस्रो सातासम्ममा ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकोमा माघ २ गतेसम्म आइपुग्दा ४३ अर्ब १४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

यस्तै बैंकहरुले दुईसातामा ५४ अर्बले कर्जा बढाएका छन् । पुसको दोस्रो सातासम्म ४० खर्ब ९९ अर्ब कर्जा रहेकोमा बैंकहरुले ४१ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

स्थानीय तहको कोषको रकम ८० प्रतिशतसम्म निक्षेपमा देखाउन पाउने व्यवस्थासँगै बैंकहरुको निक्षेप बढेको हो ।

जसको कारण बैंकहरुले राख्नुपर्ने कर्जा निक्षेप अनुपात९सीडी रेसियो० ९० प्रतिशतभन्दा कम छ । अहिले ८९।७८ प्रतिशत सीडी रेसियो छ । यस्तै अन्तर बैंक कारोबार बैंकहरुले ५ प्रतिशतभन्दा केही बिन्दु कममा नै गरेका छन् ।


क्लिकमान्डु