प्रदेश लोकसेवा आयोग सुर्खेतले माग्यो ४४५ जना कर्मचारी



काठमाडौं । प्रदेश लोकसेवा आयोग सुर्खेतले प्राविधिक र अप्राविधिक गरी ४४५ जना कर्मचारी माग गरेको छ । आयोगले ५औं तहका लागि प्राविधिकतर्फ ३५३ जना र अप्राविधिकतर्फ ९२ जना कर्मचारी माग गरेको हो ।

आयोगका अनुसार इच्छुकले माघ १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदनका लागि प्रत्येक विज्ञापनका लागि ४ सय रुपैयाँ र समावेशी समूहका लागि प्रतिसमूह थप २ सय रुपैयाँ दस्तुर लाग्नेछ ।


क्लिकमान्डु