सेयर बजारमा दोहोरो अंकको सुधार, लगानीकर्ता उत्साहित बन्दै



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १९.४३ अंकले बढेर परिसूचक २७८४.९५ बिन्दुमा रोकिएको छ ।

२३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको सेयर किनबेच भएको छ । यो साता नेप्से सूचकसँगै कारोबार रकममा सुधार देखिएको छ । बजारमा आएको सुधार र कारोबार रकम बढ्दा लगानीकर्ता उत्साहित बन्न थालेका छन् ।

बजारमा दोहोरो अंकको सुधार आउँदा बैंकिङ समूहको उपसूचक १५.२८, होटल तथा टुरिजम ३७.७१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४७.७८ अंकले घटेको छ ।

यस्तै विकास बैंक ३७.५८, फाइनान्स ७८.०९, जलविद्युत ४्र०.७९, जीवन बीमा ४०.७९, निर्जीबन बीमा १९०.६५ र माइक्रोफाइनान्स समूहको उपसूचक १२.२५ अंकले बढेको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनिय हाईड्रो, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु