अपडेटः सेयर बजारमा बहार, सूचक ६९.७१ अंकले बढ्दा, सवा २ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबारको कारोबारमा एक घन्टाको अवधिमा बजारमा बहार आएको छ ।

कारोबार सुरु भएको १ घन्टामा बजार ६९.७१ अंकले बढेर परिसूचक २७६२.१७ बिन्दुमा रहेको छ । यो अवधिमा बजार २.५९ प्रतिशतले बढेको छ ।

बजारसँगै करोबार रकममा पनि राम्रो प्रगति देखिएको छ । एक घन्टाको अवधिमा २१९ कम्पनीको ४७ लाख २७ हजार ५१३ कित्ता सेयर २ अर्ब २५ करोड ५६ लाख २७ हजार ६७५ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो समाचार तयारपार्दासम्म मध्येभोटेकोशी जलविद्युतको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । अहिलेसम्मको कारोबारमा बजारमा हरियाली छाएको छ ।


क्लिकमान्डु