लगानीकर्ता बैंकमा झुम्मिदा सेयर बजारमा उछाल



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबारको कारोबारमा बजार सुरुदेखी नै सुधारको बाटोमा रहेको थियो । यो दिनको कारोबारमा बजार मापन गर्ने सूचक ६३.०१ अंकले बढेर परिसूचक २६७९.९५ बिन्दुमा रोकिएको छ ।

बजारमा आएको सुधारले लगानीकर्ता उत्साहित बनेको देखिएको छ । जसले गर्दा कारोबार रकममा पनि सुधार हुँदै गएको छ । २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको सेयर किनबेच भएको छ ।

लगानीकर्ता उत्साहित बन्दा कारोबारमा गुमाउने भन्दा कमाउने धेरै देखिएका छन् । यो दिनको कारोबारमा श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबीआई बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ६३.६७, विकास बैंक २३२.४१, फाइनान्स कम्पनी ७९.०१, जलविद्युत ८७.५४, जीवन बीमा १६०.५२, माइक्रोफाइनान्स ९१.५१, निर्जीबन बीमा समूहको उपसूचक ४०.९७ अंकले बढेको छ ।


क्लिकमान्डु