मुक्तिनाथ विकास बैंक १६औं वर्षमा, एकैसाथ शुरु गर्यो ३२ वटा शाखा कार्यालय



काठमाडौं । मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश छ । सो अवसरमा बैंकले विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ ।

बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ ।

जसमा प्रदेश नम्बर १ मा ४ वटा, प्रदेश नम्बर २ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा , लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयहरुको अध्यक्ष भरतराज ढकालले औपचारिकरुपमा शाखा उद्घाटन गरेका छन् ।

ढकालले बैंक सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ ।

जसमध्ये, विद्यालयमा स्टेशनरीका सामग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्टविन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।

यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौको केन्द्रीय कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो ।

उक्त कार्यक्रमबाट कुल २०२ प्याकेट रगत संकलन गरिएको बैंकले जानकारी दिएको छ । बैंकले यस वार्षिकउत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल १० लाख रुपैयाँभन्दाको सहयोग गरेको छ ।


क्लिकमान्डु