लुम्बिनी विकास बैंकका सीइओ बोहराको तलब ८३ लाख, लगानीकर्तालाई लाभांश कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई गत आर्थिक वर्षमा ८३ लाख ५६ हजार ८६९ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले सीइओ नरेश सिंह बोहरालाई उक्त रकम तलब भत्ता बापत दिएको छ । सीइओ बोहराले गत आवमा तलब बापत ५४ लाख रुपैयाँ, बोनस १७ लाख १४ हजार ८६९ रुपैयाँ, दशैं भत्ता बापत ४ लाख ५० हजार रुपैयाँ र सञ्चय कोषमा योगदानमा ४ लाख ३२ हजार ५६३ रुपैयाँ र अन्य भत्ता ३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

बैंकले गत आवमा लगानीकर्तालाई १३.६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले बोनस १३ प्रतिशत र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।


क्लिकमान्डु