प्रि-ओपनिङमा दोहोरो अंकको सुधार, करिब ४६ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार १०.३१ अंकले बढेर परिसूचक २५९५.२२ बिन्दुमा रोकिएको छ ।

२८ वटा कम्पनीको ३ हजार ९०२ कित्ता सेयर ४५ लाख ८५ हजार ७२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ ८.४१, विकास बैंक १५.७४, फाइनान्स कम्पनी १.७७, जलविद्युत २.५२, जीवन बीमा २७.१४, उत्पादन तथा प्रशोधन १०९.३४, माइक्रोफाइनान्स १७.४८, जीवन बीमा समूहको उपसूचक ३१.२३ अंकले बढेको छ ।


क्लिकमान्डु