२ वाणिज्य बैंकसहित ६ कम्पनीको मूल्य समायोजन, कसको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा २ वाणिज्य बैंकसहित २ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेमा सेन्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । सेयर मूल्य समायोजन पछिको मूल्य प्रति कित्ता २२६ रुपैयाँ रहेको छ ।

यस्तै प्रोगेसिभ फाइनान्सको ७.०१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । फाइनान्सको सेयर मूल्य प्रति कित्ता ३३१ रुपैयाँ ६८ पैसा रहेको छ ।

कालिका पावर कम्पनीको पनि १५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछिको मूल्य प्रति कित्ता ४५० रुपैयाँ ४३ पैसा रहेको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस सेयर समायोजन पछिको मूल्य समायोजन भएको छ । बैंकको सेयर मूल्य प्रति कित्ता १२९५ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको पछि २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बोनस समायोजन पछि कम्पनीको मूल्य प्रति कित्ता १५६७ रुपैयाँ २ पैसा रहेको छ ।

यस्तै हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । बोनस सेयरपछि कम्पनीको मूल्य प्रति कित्ता ३९८ रुपैयाँ ७५ पैसा रहेको छ ।


क्लिकमान्डु