मुक्तिनाथ विकास बैंकका सीइओ पोखरेलको तलब साढे ८३ लाख



काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रद्युमन पोखरेलले गत आवमा साढे ८३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक बुझेका छन् ।

बैंकले सीइओलाई तलब तथा भत्ता वापत ६४ लाख ४७ हजार ६६ रुपैयाँ, सञ्चय कोषवापत ४ लाख १७ हजार ६१ रुपैयाँ, विदा वापत २ लाख ३१ हजार ७ सय रुपैयाँ र बोनसवापत १२ लाख ६५ हजार ८०१ रुपैयाँ गरी कुल ८३ लाख ६१ हजार ६२८ रुपैयाँ पारिश्रमिक दिएको हो ।


क्लिकमान्डु