नेप्सेमा उच्च अंकको वृद्धि , चार कम्पनीको सेयरमा सर्किट



काठमाडौं । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बुधबार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अंकले बढेर २ हजार ५०७.७० मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अंकले बढेर ४७७.२६ मा पुगेको छ । नेप्स परिसूचक उच्च अंकले बढेपनि कारोबार रकम भने तुलनात्मक रुपमा वृद्धि भएको छैन ।

कूल २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, जीवन बीमा ५०२.७७, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८९ अंकले उकालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ बराबरको कारोबार भयो ।

यस्तै, माथिल्लो तामाकोशी १५ करोड ८२ लाख ५४ हजार ४१७, अरुण भ्याली हाइड्रोपावर १३ करोड ९० लाख १७ हजार ३०६, गुर्खाज फाइनान्स १३ करोड ३७ लाख ६५ हजार २२७ र नबिल बैंक ११ करोड ७८ लाख ४५ हजार ६२४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी र शिवम् सिमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, स्वाभिमान लघुवित्तको सेयरमा ९.९७ प्रतिशतको वृद्धि देखियो ।

उता नबिल डिवेञ्चर ४.५९, प्रभु सेलेक्ट फण्ड २.४९, गुर्खाज फाइनान्स २.१६, कुमारी बैंकको डिवेञ्चर १.१७ र लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले १ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।


क्लिकमान्डु